६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

एसईईमा माङसेबुङ गाउँपालिकामा २ विधालयको नतिजा शून्य



२०८० को एस इ ई परिक्षामा माङसेबुङ गाउँपालिका अन्तर्गतको बिधालयबाट परिक्षा दिनेमा जम्मा १०.९० प्रतिशत विद्यार्थी पास भएको छ ।

गत बुधबार माङसेबुङ गाउँपालिका गाउँकार्यापालिकाको शिक्षा शाखाले गाउँपालिका अन्तर्गतको बिधालयहरुबाट २०८० को एस इ इ परिक्षामा २ सय २० जना बिद्यार्थीले परिक्षा लेखेकोमा २४ जना परिक्षार्थी मात्रै उतिर्ण भएको नतिजा सार्वजनिक गर्दै जानकारी गराएको हो ।
Advertisement

माङसेबुङ गाउँपालिका -३ को श्री दुर्गा माबि र बिधासृजनात्मक माबिको नतिजा शून्य रहेको छ । यसपटकको एस इ इ परिक्षामा दुर्गा माबि बाट १४ जना र बिधासृजनात्मक माबिको १३ परिक्षार्थी रहेकोमा दुबै बिधालयको नतिजा शून्य रहेको छ ।

यसैगरी माङसेबुङ गाउँपालिका – १ बाट श्री महेन्द्रदय माबिका २२.५८ प्रतिशत बिद्यार्थी उतिर्ण भए । ३१ जना बिद्यार्थीले परिक्षा लेखेकोमा सात जनाले उतिर्ण गरेका छन् । त्यस्तै माङसेबुङ -२ को श्री इभाङ माबिमा ३.१२ प्रतिशत पास भएको छ । ३२ जना परिक्षार्थीमध्ये १ जनाले एस इ इ परिक्षा उतिर्ण गरेका हुन् ।

माङसेबुङ -५ को श्री सरस्वती माबिमा १.७८ प्रतिशत विद्यार्थी उतिर्ण भए । सो बिधालयबाट ५६ जना परिक्षार्थीले परिक्षा लेखेकोमा १ जनाले उतिर्ण गरेको छ । भने माङसेबुङ – ५ को श्री फाल्गुनन्द सेकेन्डरी बोर्डिङमा सय प्रतिशत नतिजा निकाल्न सफल भएको छ । नौ जना परिक्षार्थी रहेकोमा सतप्रतिशत पास भएको छन् ।

त्यस्तै माङसेबुङ -६ चिसापानी माबि २.३२ प्रतिििशत पास भए । ४३ जना परिक्षार्थी रहेकोमा १ जनाले उतिर्ण गरेका छन् । माङसेबुङ -३ को जीवनज्योती माबि १४.२८ प्रतिशत बिद्यार्थी उतिर्ण भए । १४ जना बिद्यार्थीले परिक्षा दिएकोमा २ जना उतिर्ण भएका छन् । श्री इलाम नव प्रतिभा २५ प्रतिििशत बिद्यार्थी उतिर्ण भए । आठ जना परिक्षार्थि रहेकोमा २ जनाले एस ई ई परिक्षा उतिर्ण गरेको जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  ३ : १७ बजे