२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

सुनिता, गंगा, बिनोद र नोगेनको आवाजमा ‘सिसेक्पा तङनाम’ सार्वजनिक(भिडियो सहित)



माङसेबुङ । गायिकाद्वय सुनिता थेगिम लिम्बू र गंगा फियाकको आवाजमा रहेको गित ‘सिसेक्पा तङनाम’ सार्वजनिक गरिएको छ ।

सञ्चारकर्मी टिआर सेनेहाङको शव्द तथा सुनिता थेगिमको संगीतमा फिमेल भर्जन र गायकद्वय बिनोद राई र नोगेन हाङसरुम्बा लिम्बूको आवाजमा मेल भर्जन रहेको गित ‘सिसेक्पा तङनाम’ को भिडियो एकसाथ सार्वजनिक गरिएको हो ।

देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ मनोज थापा मगरले गरेका छन् ।

स्मृति राईको मेकअपमा इशाक जबेगुको छायंकन तथा सम्पादन रहेको भिडियोमा दिल्सन साहको कलर रहेको छ ।

सिसेक्पा तङनामको अवसरमा सार्वजनिक गरिएको भिडियो दूवै भर्जन एकसाथ इत्नो ट्युन्स युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ४ : ११ बजे