३० असार २०८२, सोमबार | Tue Jul 15 2025

माङसेबुङमा किरात सांस्कृतिक अभियान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



माङसेबुङ । इलामको माङसेबुङमा किरात सांस्कृतिक अभियान र किरात धर्म जागरणको चर्चा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
किरात इत्नामको पाँचौ श्रीङखला अन्तरगत शनिबार सरस्वती माबिको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले दिप बालेर सुरुवात भएको अन्तरक्रिया कार्यक्रममा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका संस्थापक अध्यक्ष हर्कबीर योङहाङले किरात सांस्कृतिक अभियान र किरात धर्म जागरणको चर्चा विषयक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा माङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिङ योङहाङले किरात सांस्कृतिक अभियान र किरात धर्म जागरणको चर्चा विषयक बारे मन्तव्य राखेका थिए ।

किरात मल्टीमिडिया, किरात चोत्लुङ, किरात आवाज र इङघङको संयुक्त आयोजना रहेको कार्यक्रमको प्रायोजन अमेरिका निवासी धार्मिक अभियन्ता सुमन सुहाङ, डा. नरेश लाओती, राजु इधिङगो लगायतले गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ३ : ३४ बजे