२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

सिलौटीमा गुरुआश्रम शिलान्यास



पान्थर: पान्थरको फिदिम ३ मा अवस्थित नाम्भुनयक सिलौटीमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको निजी आश्रमको शिलान्यास भएको छ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले शिला र इंटा गाढेर गत सोमबार शिलान्यास गर्नुभएको हो। आश्रम शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै धर्म, संस्कृति र धर्मगुरु सबैको साझा भएकोले यस बारेमा वादविवाद गर्न नहुने उहाँले धारणा राख्नुभयो।

कार्यक्रममा तुम्बेवा गाउँपालिका अध्यक्ष लगायत विभिन्न पालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको आयोजकले जनाएको छ ।

निजी गुरुआश्रम कृषि शाखा नाम्भुनयक/शिलौटीका अध्यक्ष भगिहाङ नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार एवम् किरात याक्थुङ पेभाकुम नेम्वाङ संजुम्भोका अध्यक्ष नन्दकुमार नेम्वाङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सञ्चालन शाखा समिति सचिव ध्रुव तुम्बापोले गर्नुभएको थियो ।

आरम्भ डट कमबाट

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : २५ बजे