२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

शिक्षा दिवसमा माङसेबुङ गाउँपालिकाले गर्‍यो ६४ जनालाई सम्मान



माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले शैक्षिक क्षेत्रमा योगदान गर्ने विभिन्न क्षेत्रका ६४ जनालाई सम्मान गरेको छ । शिक्षा दिवस २०८१ को अवसरमा माङसेबुङ गाउँपालिकाले बुधबार गाउँपालिका कार्यालयमा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

माङसेबुङ गाउँपालिकाले शैक्षिक क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, विद्यार्थी र कर्मचारीलाई सम्मान गरेको हो । माङसेबुङले शिक्षा विकास तथा समन्वय ईकाई इलामका पूर्व ईकाई प्रमुख शम्भु थापा मगर, माङसेबुङ गाउँपालिकाको स्थानीय पाठ्यपस्तक ‘हाम्रो माङसेबुङ’ का लेखक हरीचन्द्र लावती र सरस्वती माध्यमिक विद्यालय माङसेबुङ-५ का विद्यालय व्यवस्थापन समिति अध्यक्ष किसन खजुमलाई सम्मान गरेको छ ।

माङसेबुङ गाउँपालिकाले माङसेबुङका विभिन्न विद्यालयबाट विभिन्न मितिमा अवकाश भएका २३ जना शिक्षकहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा चिसोपानी माविका तिलबिक्रम सुव्बा, रिप्पल राई र धनबहादुर राई, इभाङ माविका टंकप्रसाद खत्री, जंगबहादुर कार्की, राम जोशी, विजयकुमार बुढाथोकी र चक्रबशादुर कार्की, महेन्द्रोदय माविका पदम बुढाथोकी र सरस्वती माविका होम लिङदेन रहेका छन् ।

त्यस्तै रत्नदेवी आविका बाजहाङ लिम्बू, प्रेम श्रेष्ठ र भक्तराज लिम्बू, जनता आवि सिङफेरेका नरबहादुर राई,सिंहेश्वरी आविका भक्तबहादुर राई, रामप्रसाद राई, जनताकल्याण आविका भक्तबहादुर राई, तिर्थराज राई र कमल कार्की, इभाङ आविका कृष्णबहादुर बस्नेत, सरस्वती आविका तिलकबहादुर कार्की, सरस्वती आवि सिमलटारका प्रेमप्रसाद भण्डारी र जनता आवि पाटीगाउँका लोकबहादुर बुढाथोकी रहेका छन् ।

माङसेबुङ गाउँपालिकाले गाउँपालिकाको विभिन्न समितिमा रहेर काम गरेका १४ शिक्षक तथा विद्यालय कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा दुर्गादेवी मैनाली, प्रकाश निरौला, आईन्द्रकुमार योङहाङ, जलन लिम्बु, अमृतबहादुर लिम्बु, कुलबहादुर लिम्बु, पम्फादेवि पुलामी, सुर्य सुव्बा, कुलबहादुर तुम्वापो, टंकप्रसाद खरेल, तिलविक्रम सुव्बा, कुलबहादुर लिम्बु, दिलविर शेर्मा र हरीप्रसाद आङ्देम्बे रहेका छन् ।

त्यसैगरी, २१ जना शिक्षक तथा विद्यालय कर्मचारीलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जनकल्याण आविका मनकुमार राई, विद्यासृजनात्मक माविका देवीरमण ढकाल, ईभाङ माविका युवराज बस्नेत र खगेन्द्रराज कार्की, दुर्गम आवि माङसेबुङ-४ का नानीकाजी राई, चिसोपानी माविकी शान्ताकला राई, विद्यासृजनात्मक माविकी रिना थेवे, वरभञ्याङङ आविका डम्वरबहादुर कार्की, गजुरमुखी आविका जगतबहादुर लिम्बु, महेन्द्रोदय माविका यामबहादुर मुखिया रहेका छन् ।

त्यस्तै, स्काउटतर्फ चिसोपानी माविका भूपाल राई र दुर्गा माविकी संगिता राई, आवि शिक्षकतर्फ सरस्वती आवि माङसेबुङ-४ की कमला राई, सरस्वती आवि माङसेबुङ-२ का अम्बिकाप्रसाद राई, मावि शिक्षकतर्फ सरस्वती मावि माङसेबुङ-५ का मनकुमार लिम्बु र महेन्द्रोदय माविकी रश्मी दाहाल, लेखा कर्मचारीतर्फ महेन्द्रोदय माविका तुलसी भट्टराई, किरात पुस्तक लेखक किरात साम्जिक निशामहिम बेदशालाका ललितचन्द्र फियाक, विद्यालय कर्मचारीतर्फ चिसोपानी माविका जीतबहादुर राई, आवि बालशिक्षकतर्फ बरभञ्याङ आविकी चन्द्रमाया लिम्बु, उत्कृष्ठ व्यवस्थापनको व्यवस्थापनतर्फ चन्द्रेश्वरी आवि (तुलबहादुर कार्की) रहेका छन् ।

त्यसैगरी २०८१ मा कक्षा १२ को परीक्षामा साधारणतर्फ सर्वोउत्कृष्ठ सरस्वती मावि माङसेबुङ-५ भालुटारका सेसेहाङ मावो (३ दशमलव २५ जिपिए) र अध्लिना योङया लिम्बु (३ दशमलव ३५ जिपिए) लाई समेत सम्मान गरिएको छ ।

त्यसैगरी माङसेबुङ गाउँपालिकाबाट अवकाश कर्मचारी (सब इन्जिनियर) काजीमान राईलाई सम्मान सहित विदाई गरिएको छ ।

सम्मानितहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान, शिक्षा अधिकृत बुद्धिप्रसाद खतिवडालगायतले सम्मानपत्र, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा २ नं. वडा अध्यक्ष कृष्णबहादुर बस्नेत, ३ नं. वडा अध्यक्ष लक्षुमन राई जनम, प्रवक्ता सुसन राईसहित कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरुको उपस्थिति थियो ।

Nayabulanda.com

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ४ : ४३ बजे