२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

माङसेबुङ सहकारीको १९ औं वार्षिक साधरणसभा तथा सातौ अधिवेशन सम्पन्न



माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा तथा सातौ अबिधेसन सम्पन्न भएको छ ।

माङसेबुङ ५ स्थित सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा तथा अबिधेसन सम्पन्न गरेको हो ।

कार्यक्रम माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आतिथयमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न प्रस्तुत प्रतिवेदन पारीत गरेको छ ।

संस्थाले उत्कृष्ट बचतकर्ता रामकुमारी राई र उत्कृष्ट ऋृण भुक्तानीमा चन्द्र साँबालाई साधारणसभामा सम्मानित गरिएको संस्थाका व्यावस्थापक चनबहादुर सेर्र्माले बताए ।

सहकारी संस्थामा ४ सय १६ जना सेयर सदस्य रहेको छ । पुरुष शेयर सदस्य १ सय ८० जना रहेको छ । भने, महिला शेयर सदस्य २ सय ३७ जना छन् । त्यस्तै सस्थागत शेयर सदस्य संख्या ४ जना रहेको जनाएको छ ।

संस्थाको ८६ लाख ७७ रुपैयाँ शेयर पुँजी रहेकोमा चालु आर्थिक वर्ष ९६ लाख ७७ रहेको छ । वचत निक्षेप २ करोड ४५ लाख ५८ हजार ५ सय १५ रुपैयाँ रहेको सो संस्थाले चालु आर्थिक वर्षमा २ करोड ९५ लाख ५८ हजार ५ सय १५ रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

संस्थाले आर्थिक वर्ष ०८१÷८२ को वित्तीय स्थिती विवरण ३ करोड ९५ लाख ९२ हजार ५ सय १५ रुपैयाँ रहेको छ । उक्त सहकारीले १३ लाख ७५ हजार ४१८ रूपैयाँ खुद नाफा गरेको हो ।

संस्थाले न्यूनतम व्याजदरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी कृषि तथा पशुपालन र सीप तथा क्षमता विकास जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यस्तै सातौ अबिधेसनमा नयाँ संचालनक समिति, ऋण उपसमिति, लेखा समिति चयन भएका छन् । अध्यक्ष दुध बहादुर लाओती क्रमश उपाध्यक्ष राज कुमार माबोहाङ, सचिव राजहाङ लाओती, सह सचिव मनोज सिवाकोटी, कोषाध्यक्ष चन्द्रा सेन्दाङ निर्वाचित भएका छन् भने सदस्यहरुमा सदस्य किसान सुब्बा, मखमाया आङदेम्बे, कमला आङबुहाङ, विष्णु लिम्बू, सुमन लाओती, पूर्ण बहादुर दर्जी रहेका छन् । लेखा सुपरिवेक्षण समिति संयोजक धनसिङ सम्बाहाङफे, सदस्य देउकुमार इघिङगो, सदस्य सीमा राई ऋण उपसमिति सदस्य ः कमला लिम्बू,जसहाङ साउदेन निर्वाचित भएको निर्वाचन उपसमिति संयोजक मनकुमार आङबुहाङले जानकारी दिएका हुन ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : १६ बजे