११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

खिजोत्लुङ माङहिममा योग अभ्यास सम्पन्न



झापा। किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्यसमिति झापा र किरात खिजोत्लुङ माङहिम माइधारको संयुक्त आयोजनामा एकदिने योग साधना सम्पन्न भएको छ । शनिबार झापाको माईधारस्थित खिजोत्लुङ माङहिमको सभाहलमा आयोजित योग अभ्यास सम्पन्न गरिएको हो ।

योग अभ्यासको लागि प्रशिक्षकहरुमा हरि हुक्पाचोङबाङ र दुर्गा नेम्वाङ रहनु भएको थियो । योग अभ्यास पहिलो चरणको रहेको प्रशिक्षक चोङबाङले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १२ : १४ बजे