७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किरात भाषा, किरात लिपी र मुन्धुमी साहित्यको लागि किरात साम्नी यम्बुगेन (तस्वीरसहित)



किरात समाचारः  किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङमा प्राज्ञिकहरुको समुह किरात साम्नी यम्बुगेनको सार्वजानिक कार्यक्रम भएको छ ।

शुक्रबार माङसेबुङको गुरुआश्रमको भवनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङको देवउपस्थितिमा प्राज्ञिकहरुको समुह किरात साम्नी यम्बुगेन (किरात प्रज्ञा प्रतिष्ठान) को सार्वजानिक कार्यक्रम भएको हो ।

किरात प्रज्ञा प्रतिष्ठानको प्राज्ञ, उपकुलपति, लेखक, सल्लाहकारहरुलाई धनयवाद आशिर्वाद आशिर्वचन प्रदान गर्नुहुदै किरात धर्मगुरु । तस्वीरः सुमन लाओती

किरात धर्मको इतिहासमा पहिलो पटक स्थापना भएको किरात भाषा, किरात लिपी र मुन्धुमी साहित्यको लागि यम्बुगेनको कुलपति किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङदेन रहनुभएको छ ।

यस्तै उपकुलपतिमा क्रमश किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम, किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ र विज्ञ उपकुलपति प्राज्ञ हरिचन्द्र लाओती रहनेछन् ।

तस्वीरमा, किरात प्रज्ञा प्रतिष्ठानको प्राज्ञ, उपकुलपति दाया डकेन्द्रसिं थेगिम, बाया , सल्लाहकार डा. चन्द्रकुमार सेर्मा, प्राज्ञ सदस्य मनप्रसाद थलङ, एन.एस फागो, लेखक खडग साम्बाङफे । तस्वीरः सुमन लाओती

विज्ञ सदस्यहरुमा क्रमश, पुर्व गुरुनिजी सचिव माङमिङसोहाङ लिङदेन, लछामी सेर्मा पापोहाङ, सेर्मा साम्जीरी सेमी, किरात धर्मगुरु निजी कानुनी सल्लाहकार एन.एस फागो, भिमा खजुम मुसुम, तेजबहादुर थलङ मनप्रसाद, आङबुहाङ अबोध अविरल र भिम गुरुङ सदस्य सचिव भगिहाङ नेम्बाङ रानीटारे साइला रहेका छन् ।

किरात प्रज्ञा प्रतिष्ठानको प्राज्ञ, उपकुलपति, लेखक, सल्लाहकारहरु सफत ग्रहण गराउनुहुदै किरात चोत्लुङ अङसीमाङगेना सेवाका अध्यक्ष केहेसिं योङहाङ । तस्वीरः सुमन लाओती

लेखकहरुमा, ललितचन्द्र फियाक, खडक सम्बाङफे नाजिरिहाङ, बुद्धहाङ नेम्बाङ, हरि हुक्पा चोङबाङ, इन्द्र आङदेम्बे साङजोत्लुङ, कल्पना लिङदेन, पूर्णकुमारी लिङदेन मनोनित भएका छन् भने सल्लाहकारहरुमा क्रमश, संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, संघकै महासचिव डिपी साम्पाङ, गुरु निजि सचिव खडक साम्बा रहेका छन् ।

किरात प्रज्ञा प्रतिष्ठानको प्राज्ञ, उपकुलपति, लेखक, सल्लाहकारहरु । तस्वीरः सुमन लाओती

कार्यक्रममा यम्बुगेनका कुलपति किरात धर्मगुरुले नया समितिलाई आशिर्वाद आशिर्वन समेत प्रदान गर्नुहुदै उपकुलपति, विज्ञ उपकुलपति, लेखक, सहल्लाहकारहरुलाई किरात धर्मगुरु हस्ताक्षरित डाइरी, फुलमाला, र माङफुङ प्रदान गर्नुभएको थियो ।

तस्वीरमा, किरात प्रज्ञा प्रतिष्ठानको उपकुलपति प्राज्ञ हरिचन्द्र लाओती, प्राज्ञ सदस्य, भिमा खजुम मुसुम, आङबुहाङ अबोध अविरल, लछामी सेर्मा पापोहाङ, लेखक भिम गुरुङ, ललिचन्द्र फियाक, बुद्ध नेम्बाङ, । तस्वीरः सुमन लाओती

यम्बुगेन औपचारिक घोषणा कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य संघका अध्यक्ष तथा उपकुलपति डकेन्द्रसिं थेगिमले गरेभने सफथ ग्रहणका लागि माङगेन्ना सेवा समितिका अध्यक्ष तथा उपकुलपति केहेरसिं योङहाङले गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ५३ बजे