२८ असार २०८२, शनिबार | Sun Jul 13 2025

मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न



माङसेबुङ । इलामको माङसेबुङमा मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती मा.बि.को सभाहलमा किरात इत्नामको दशौं शृङ्खला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका तुमसिकसाम्मा कल्पना लिङदेनले मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

किरात कम्युनिटि अर्गनाइजेशन अफ अमेरिकाले प्रायोजन गरेको दशौं शृङ्खला कार्यक्रममा तुम्याहाङको रुपमा सदाझैं किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ रहेका थिए ।

कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि नरेन्द्र थेगिम र सुमन लाओती र विष्णु मादेन लगायतले टिप्पनी गरेका थिए । यसैगरी अन्त्यमा मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे तुम्याङहाङको रुपमा रहेका माङगेन्ना अध्यक्ष योङहाङले समेत प्रष्ट्याएका थिए ।

हरेक महिना विभिन्न विषय अन्तर्गत रहेर कार्यक्रमको आयोजना गदै आइरहेकोमा यसअघि किरात इत्नामको नवौं शृङ्खला गत पुस २० गते किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवाको महत्वबारे प्रस्तोता होम लिङदेनद्वारा प्रस्तुत गरिएको थियो ।

किरात मल्टिमिडिया, किरात चोत्लुङ मिडिया प्रालि, किरात आवाज डटकम र इङघङ माङसेबुङ आवाज र इङघङ डटकम मिडियाद्वारा आयोजित कार्यक्रम विभिन्न व्यक्तित्वहरुको विचार, विमर्श, ज्ञान र अनुभवहरु व्यक्त गर्ने साझा कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : २४ बजे