१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

सेमिफूङलाई दमकमा दर्शकको साथ



रवि सेर्मा निर्देशित चलचित्र ‘सेमिफूङ’को दमकमा ‘विशेष शो’ भएको छ। शुक्रबार र शनिबार भएको प्रदर्शनमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।

याक्थुङ फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘सेमिफूङ’ दमकको डि-म्याक्स सिनेमामा दुई दिनमा तीन शो भएको थियो। तीनै शोमा दर्शकको बाक्लो उपस्थिति रहेकाले सीट क्षमताले नधानेको चलचित्र प्रदर्शनका संयोजनक विक्रम वनेमले जानकारी दिए। उक्त शोमा चलचित्रका नायक तथा निर्माता बबिन आङदेम्बे‚ नायिका सतिका सुब्बा‚ निर्देनश रवि सेर्मा र चलचित्रका कथा/पटकथार राज थापा काउछा उपस्थित थिए। किरात याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च, याक्थुङ मुन्चइत् चोक् सयङ, मुन क्रिएशन लगायत संघसंस्थाले चलचित्र प्रदर्शनको आयोजना गरेका थिए।

इलामको माङसेबुङ र चुलाचुलीका विभिन्न स्थान, त्यसैगरी झापाको दमक, कमल, बुद्धशान्ति, शिवसताक्षीलगायत स्थानमा छायांकन गरिएको चलचित्रमा लिम्बू समुदाय धर्मका कारण कसरी विभाजन भएको छ भन्ने देखाइएको छ। एकै परिवारका सदस्यहरूले बेग्लाबेग्लै धर्म ग्रहण गर्दा त्यसले कर्मसंस्कारमा कस्तो अवसर पार्छ भन्ने चलचित्रमा मिहिन ढंगले प्रस्तुत गरिएको छ। चलिचित्रमा बबिन आङ्देम्बे, चन्दा थेगिम आङदेम्बे‚ सतिका सुब्बा‚ सिडी बेघा, निर्मला देवान, संगीता लावती, त्रिभुवन लुङ्फङवा, नुनाम केरुङ, नरेन्द्र लिम्बू, याङसाङ मुकारुङलगायतले अभियन गरेका छन्।

चलचित्रको गीत सेसेमे से नाल्बो, साङ्सेन पन्धाक र आइत खजुमले लेखेका हुन्। गीतमा डिल्ली फोम्बोको संगीत र देवेन चेम्जोङ, इन्दिरा नेम्बाङ, निरन्ता नेम्बाङलगातको स्वर रहेको छ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ८ : ५८ बजे