७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेवासाबाको बार्षिक कार्यक्रममा साहित्यकार इन्द्रहाङ आङ्देम्बे सम्मानित



किरात समाचार : किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको २४ औ स्थापना दिवस तथा बार्षिक चोमेन सेवाको अवसरमा इन्द्रहाङ आङ्देम्बे लाई सम्मान गरेको छ । आज शनिबार माङ्सेवासाबाको स्थापना दिवस कार्यक्रममा आङ्देम्बे लाई सम्मान गरिएको हो ।

यसैगरी बिगत देखि संगठनमा पुर्याएको सहयोग र योगदानको उच्च मुल्यांकन गर्दै साहित्यकार तथा साङदाङगेन वारुमसाबा माङ्सेबुङ अमदेन निवासी इन्द्रहाङ आङ्देम्बे लाई सम्मान गरिएको पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनले जनाएको छ ।

माङसेवासाबा स्थापनाको दिवस कार्यक्रमका प्रमुख अतिथी किरात चोलुङ मुहिङगुम अङ्सी माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको हस्तबाहुली बाट नगद रु ५ हजार रुपैया सहित सम्मान-पत्र द्वारा सम्मान गरिएको थियोे  ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : १४ बजे