१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

भाङबारी आत्मानन्द गोल्डकपको सेमिफाइनल प्रवेश



झापाको दमक भाङबारी स्पोर्टिङ क्लब इलामको माङसेबुङमा जारी आत्मानन्द गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

माङसेबुङ-५ स्थित आत्मानन्द रंगशालामा मंसिर १० गते भएको खेलमा इलामको युथ अफ माङसेबुङलाई ४-३ गोल अन्तरले पराजित गर्दै भाङबारी सेमिफाइनल प्रवेश गरेको हो। भाङबारीका लागि विवेक पौडेल‚ निश्चल बस्नेतेत‚ आशिष लाओती र नवयुग श्रेष्ठले एक–एक गोल गरेका थिए।

यस्तै‚ युथ अफ माङसेबुङका गोली लिम्बू‚ विवेकहाङ लिम्बू र नामसाङ लिम्बूले एक-एक गोल गरे। आजको खेलको म्यान अफ द म्यान भाङबारीका विवेक पौडेल भएका छन्।

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितमा आठ टिम सहभागी छन्। प्रतियोगितका विजेताले नगद ३ लाख ११ हजार १७२ र उपविजेताले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही ८ हजार १७२ रुपैयाँका साथ नगर र ट्रफी प्रदान गरिने छ। यसैगरी उदीयमान खेलाडी, उत्कृष्ट कोचले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन्। साथै खेलका म्यान अफ् द म्याचले ५ हजार १७२ प्राप्त गर्नेछन्।

तस्बिरहरूः योगेश लाओती

प्रकाशित मिति : ११ मंसिर २०८२, बुधबार  ६ : २४ बजे