किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो ताप्लेजुङको छैठौ अधिवेशनले विमल खिम्दिङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-६‚ काउलेस्थित किरात हाङसाम माङिहममा मंसिर १४ गते सम्पन्न सम्मेलनले २३ सदस्यीय समिति चयन गरेको हो। समितिको तीन उपाध्यक्षमा कमला पालुङ्वा‚ राम फुरुम्बो र भिम तबेबुङ रहेका छन्। यस्तै‚ सचिवमा प्रदिप तबेबुङ तथा सहसचिवमा लाजिमा कङ्लिबा र योगेश ताप्मादेन रहेका छन्। समितिको कोषाध्यक्षमाउदय लिबाङ रहेका छन्।
सम्मेलनले सदस्यमा आदिप तबेबुङ‚दिनेश लिङ्खिम‚ सोनी लिम्बू‚ राम कङ्लिबा‚ तान्छो पालुङ्वा‚ सुक्मिला ओख्राबु‚ लिला पालुङ्वा‚ पिन्की पालुङ्वा राई‚ चाँदनी सावदेन र बिनिता सेम्बुलाई चयन गरेको छ। यस्तै‚ सुकवीर अन्छङ्बो‚ मिङ्सो हेल्लोक‚ समीर लेछर्बो‚ कन्चन इजम र बिना अन्छङ्बो समितिको सदस्यमा चुनिनुभएको छ।


