७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सुनसरीको रामधुनीमा एमाले छाडदै नेकपा एसमा संगठित हुदै



झुम्का :नेकपा एमालेका कार्यकर्ताहरु सुनसरीको रामधुनी नगरपालिकामा एमाले परित्याग गर्दै नेकपा एसको कमिटीमा संगठित हुन थालेका छन ।

नजिकीदै गरेको स्थानिय तहको चुनाव लक्षित गर्दै रामधुनीमा संगठन विस्तार अभियान चलाएको नेकपा एकिकृत समाजवादीमा पछिल्लो समय एमालेका कार्यकर्ताहरु प्रवेश गर्ने लहर चलेको हो ।

नेकपा एकिकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले नगरक्षेत्रमा एमालेका कार्यकर्ताहरु सो पार्टीको नेतृत्वप्रति असन्तुष्ट हुदै विधि मुल्य मान्यता र विचार सिद्धान्त सपष्ट भएको नेकपा एसमा संगठित हुने क्रम जारी भएको बताए ।

अध्यक्ष निरौलाले दुई महिनाको अवधीमा नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादीलगायतका दलबाट सयौको सख्याँमा सो पार्टी परित्याग गरि नेकपा एसमा आवद्ध भएकाले विगतको राजनितिक पृष्ठभुमी अनुसार वडादेखी प्रदेशसम्मको जिम्मेवारीमा राखिएको बताए ।

नेकपा एसका रामधुनी नगर अध्यक्ष युवराज कटुवालका अनुसार संगठन विस्तार अभियानलाई टोल तहसम्म लैजादै क्रममा नेकपा एकिकृत समाजवादीले रामधुनी नगरका तिन वटा वडामा वडा तथा टोल कमिटी निर्माण गरिएको बताए ।

अध्यक्ष युवराज कटुवालले वडा नम्बर एकको अध्यक्षमा ममता दंगाल, उपाध्यक्षमा सितादेवी सरदार र सचिवमा कुलबहादुर गुरुङ चयन भएको बताए ।

यसैगरि वडा नम्बर ४ को अनरलाल हरिजन अध्यक्ष रहेको ५१ सदस्य वडाकमिटीको उपाध्यक्षमा रामुदास चौधरी, चिन्निलाल हरिजन र सिगंीलाल सचिवमा राजन कार्की चयन भएका छन ।

रामधुनी ३ नम्बर को हेमनारायण चौधरी अध्यक्ष रहेको ६१ सदस्य वडा कमिटी निर्माण गरिएको छ ।

वडा तथा टोलमा एमालेसगै अन्य दलबाट आउने नेता कार्यकर्ताहरुको ठुलो उत्साह र सहभागीता रहेकाले रामधुनीका टोल वस्तीमा आधारभुत तहका आदीवासी जनजाती, महिला, दलित, युवा विद्यार्थी, बुद्धीजिवी, व्यापारी, किसान, मजदुरहरुको रहेको संगठन निर्माण भएको अध्यक्ष कटुवालले बताए ।

स्थानिय तहको निर्वाचन नजिक आएसगै रामधुनीमा एक महिना भित्र सशक्त संगठन भएको दलका रुपमा स्थापित गर्ने लक्ष्यलाई पुरा गर्न सवै तहका नेता कार्यकर्ताहरु परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : ४६ बजे