मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनका चेला डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) को ९०औं जन्मजयन्ती मनाइएको छ।
डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) अध्ययन प्रतिष्ठानको आयोजनामा माघ १३ गते पाँचथरको फिदिम नगरपालिका-५ लब्रेकुटीस्थित किरात साङ्सेन वरक चोलुङ माङहिमको प्राङ्गणमा विविध कार्यक्रमका गरी जन्मजयन्ती मनाइएको हो। अङसीमाङ तथा अङसीमामाङका चेला तुम्बापोले महागुरु फाल्गुनन्द लिङ्देनले दिनुभएका मुन्धुम‚ दर्शन, सिवाखाहुनको पाण्डुलिपि संकलन गर्नुभएको थियो।
प्रतिष्ठानले तुम्बापोको जन्मजयन्तीको अवसरमा किरात धर्ममा योगदान पुर्याउने धार्मिक व्यक्तित्वहरूलाई बर्सेनि सम्मान गर्दै आएको छ। यस वर्ष किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङ्हाङलाई सम्मान गरेको छ। सम्मान कार्यक्रमका प्रमुख अतिथि मधुराज केरुङ रहनुभएको थियो। प्रतिष्ठानले विद्यार्थीहरूलाई कापी र कलम समेत वितरण गरेको थियो।


