३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

पवित्रहाङ गोल्डकपः फेयर फुटबल क्लब सेमीफाइनलमा प्रबेश



पवित्रहाङमा गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा फेयर फुटबल क्लब, धरान सेमीफाइनलमा प्रबेश गरेको छ ।
इलामको माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा संचालन भइरहेको खेलमा फेयर फुटबल क्लब धरान सेमीफाइनलमा प्रबेश गरेको हो ।

हिमालय फुटबल क्लब कर्साङ, दार्जीलिङबिच भएको खेल गोलरहित बराबरी भएपछि ट्राइबेकर गरिएको थियो । खेलको उत्कृष्ट गोल रक्षक गंगा गुरुङ घोषित भइन् उनले ३ हजार ५७० प्राप्त गरेकी छन्।

भोलिको सेमीफाइलन दुई खेल हुनेछ । पहिलो खेल जनता सेबेन, इलाम र मिक्लाजुङ पान्थरबिच हुनेछ भने र दोश्रो सेमीफाइनल दारिम्बा फुटबल क्लब, पान्थर र फेयर फुटबल क्लब, धरानबिच हुनेछ । फाइनल फागुन २ गते हुनेछ ।

किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङदेनको जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो। धर्मगुरुआमाको ७०औं जन्मोत्सवको अवसरमा भएको १६औं संस्करणको विजेताले तीन लाख ७० र उपविजेताले दुई लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट डिफेन्सलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आत्मा–पवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिनुभयो।

प्रतियोगिता किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा नोमाङगेन्ना महासेवा समारोह र आत्मा–पवित्र खेलकुद समितिको आयोजनामा भएको हो।

प्रकाशित मिति : २९ माघ २०८२, बुधबार  ८ : ३८ बजे