३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025

अखिल नेपाल महिला संघ अध्यक्षमा सङबाङ्फे निर्वाचित



दमकः अखिल नेपाल महिला संघ(क्रान्तिकारी) दमक नगर समितिको अध्यक्षमा पुनः क. इक्सा सङबाङ्फे (संगिता) निर्वाचित भएकी छन् ।

शनिवार झापा दमक ८ स्थित नगर पार्टी कार्यालयको भवनमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) केन्द्रीय उपाध्यक्ष क. रेणु चन्दको प्रमुख आतिथ्यता भएको दमक नगर समितिको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पुनः सङबाङ्फे निर्वाचित भएकी हुन् ।

समितिको उपाध्यक्षमा क्रमशः क. बन्दना नेम्वाङ सुब्बा, क. रमिला मिश्र, क.कल्पना तामाङ, सचिवमा क. समुद्र लामा, सह सचिवमा क. छमिला तामाङ, कोषाध्यक्षमा क. हेमन्तीदेवि गजुरेल सहित ७५ सदस्यीय नगर समिति चयन भएका छन् ।

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ३८ बजे