७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

माङ्सेबुङमा सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सरोकारवालासँग अन्तरक्रिया



माङ्सेबुङ : सुरक्षित आप्रवासन परियोजना अन्तर्गत माङसेबुङ गाउँपालिकामा सरोकारवाला, प्रहरी र पत्रकारसँगको अन्तरक्रिया बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा वैदेशिक रोजगारीको वर्तमान अवस्थाको बारेमा माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी गराएका थिए ।

कार्यक्रममा अधिकृत रामकुमार कर्णले आप्रवासनको असर तथा प्रभाव, कामदारलाई सामाजिक वहिस्करण प्रभाव न्युनीकरणको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि माङसेबुङ गाउँपालिका २ नम्बर वडा अध्यक्ष पुष्पराज कार्कीले सामी परियोजनाले गरेका सकरात्मक गतिविधिले समाजमा सकरात्मक प्रभाव परेको उल्लेख गर्दै परियोजना गाउँपालिकाका सबै वडामा संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको समापनमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नेपालको अर्थतन्त्रमा विप्रेषणको ठूलो योगदान रहेको बताउँदै बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो बनाउन सबै क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिएका दिए । उनले बैदेशिक रोजगारीमा भएका परिवारलाई फजुल खर्च नगरी सहि सदुपयोग गर्दै आफूपनि व्यवसायिक बन्न आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत माङसेबुङ गाउँपालिका परियोजाना फोकल पर्सन उपेन्द्र पौडेल र संचालन वित्तीय साक्षरता सहजकर्ता बिपिन खुलालले गरेका थिए । कार्यक्रममा आप्रवासी कामदार हक हित संरक्षण केन्दकी अध्यक्ष मुना निरौला र वडा न ३ का वडा सदस्य इन्द्र सम्बाङफे लगायतको समेत उपस्थिति थियो ।

नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौतामा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा २०७६ मंसिरदेखि इलाममा सुरक्षित आप्रवासन परियोजना (सामी) संचालन भईरहेको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा परियोजना सञ्चालन भईरहेको छ ।

चारै पालिकामा संचालित परियोजना अन्तरगत घरदैलो सचेतना, प्रत्यक्ष रुपमा राहादानी जिल्ला प्रशासन कार्यलय पुग्ने सेवाग्राहीलाई त्यहाँ स्थापित इलाम नगरपालिका आप्रवासी श्रोत केन्द्रले वैदेशिक रोजगारी सम्बन्धी निःशुल्क सुचना तथा परामर्श दिने, निःशुल्क कानूनी सहायता, निःशुल्क सीप तालिम तथा सीप सिकेर मात्र विदेश जान जानकारी गराउँदै आएको छ ।

त्यस्तै वित्तीय साक्षरता कक्षा र मनोसामाजिक परामर्श, गहन अभिमुखीकरण, सामुदायिक अभिमुखीकरण निःशुल्क सीपमूलक तालिमका लागि सिफारिसलगायतको कार्य गर्दै आइरहेको परियोजना संयोजक इश्वरी तामाङ्गले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ५ : ३७ बजे