२८ आश्विन २०८२, मंगलबार | Wed Oct 15 2025

किरात धर्मगुरु झापाबासी धर्मावलम्बीलाई आशिर्वाद प्रदान गर्न गोल्धापमा माङसवार हुदै



किरात समाचारः किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेन झापाको गोल्धापमा माङसवार हुने भएको छ ।

शुक्रबार (भोलि) हल्दीबारी गाउपालिका १ गोल्धाप स्थित किरात माङहिम र किरात साम्जीक मुन्धुम निसामहिम शिल्यान्यास गर्न किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेन माङसवार हुनेभएको हो ।

शिल्यान्यास कार्यक्रममा किरात धर्मगुरुबाट झापा जिल्लाका किरात धर्मावलम्बीहरुलाई आशिर्वाद आशिर्वचन प्रदान गर्न किरात धर्मगुरु दम्पति सो स्थानमा जाने भएको हो ।
झापा जिल्लाका नेता तथा धार्मिक भक्तजनको बाक्लो उपस्थिति रहने सेवा समितिका प्रतिनिधि बाबुराम पन्धाकले बताए ।

कार्यक्रममा किरात धर्मका सर्बोच्च संस्था किरात चोत्लुङ अङसिमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ,किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम,गुरु पूर्व निजी सचिव नविन लिङदेन माङमिङसोहाङ, गुरु निजी आश्रम कृषि समितिका प्रतिनिधि, ,लगायतको प्रतिनिधिहरुको उपस्थिति रहने आयोजक समितीले किरात समाचारलाई जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ६ : ५९ बजे