७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रधानमन्त्रीको सम्बोधन पूरै निराशाजनक : योगेश भट्टराई


८ माघ २०७८, शनिबार  

0
Shares

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनले सरकार कोमामा रहेको बिरामीजस्तै भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको सम्बोधनबारे आफ्नो १२ बुँदे धारणा फेसबुकमा लेख्दै सचिव भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको बिरामीको अवस्थामा पुगेको आभास भयो। प्राण र उत्साह नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रो लहरले पुरै नागरिकलाई लपेटी रहेको र अबको केहि हप्ता अत्यन्तै भयावह अवस्था सिर्जना हुने प्रक्षेपण भइरहको सन्दर्भमा त्यसबाट आफ्ना नागरिकहरुलाई  जोगाउनु, त्यसको असरका बीच अर्थतन्त्र र समाजिक जीवनलाई निरन्तरता दिने सन्दर्भमा वक्तव्य पूरै निराशाजनक रहेको छ।’

सरकारबाट आशा गरेर नभएर आफ्नै सक्रियता र पहलबाट आफ्नो ज्यानको रक्षा गर्नुबाहेक नागरिकसँग अर्को उपाय नभएको उनले उल्लेख गरेका छन्। प्रधानमन्त्रीको वक्तव्यले लाजको पसारो भएकोले सरकार पूर्णत असफल भएको स्वयंको घोषण गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ४६ बजे