किरात समाचार : इलामको फाकफोकथुम गाउँपालिकाका ७१ जना दक्षिण कोरिया उडेका छन । बेमौसमी कामदारको छनोटमा परेका ७५ जनामा ७१ जना त्रिभुवन अन्तराष्ट्रिय बिमानथल काठमाडौबाट उडेका हुन ।
फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ गते भएको सम्झौता अनुसार फाकफोकथुमबाट कोरियाकोलागि ७५ जनाको छनौटमा परेपनि ४ जनाको कागजात नपुगेकाले बिमानस्थलबाट फर्केका छन । अहिले उनिहरुको कागजात मिलाउने कार्य भैरहेको जानकारी दिएका छन । दुई देशका पालिकाबीच मौसमी ट्रनी कामदार कोरिया जाने सहमती भएको थियो ।
कामदारका लागि कोरिया जान पाँच सयभन्दा बढी युवाको आवेदन परेको थियो । तर छनोट प्रक्रिया पारदर्शिता नभएको भन्दै युवाहरुले आन्दोलन गरेका थिए ।