७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपालले तीन वटा देशसँग टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला खेल्ने


८ माघ २०७८, शनिबार  

0
Shares

काठमाण्डाै – नेपालले ओमानमा तीन वटा देशसँग टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला खेल्ने भएको छ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका खेल अघि नेपालले ओमान, यूएई र आयरल्याण्डसँग टी–ट्वेण्टी श्रृङ्खला खेल्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यो श्रृङ्खलालाई आईसीसीले भने मान्यता दिएको छैन । नेपालले फेबु्रअरी ११ तारिखमा ओमानसँग, १२ तारिखमा यूएईसँग र १४ तारिखमा आयरल्याण्डसँग खेल्नेछ । विश्वकप छनोटका खेल फेब्रुअरी १७ तारिखदेखि हुँदैछन् । नेपाल रहेको समूह ए को गु्रुप दुईमा ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । नेपालले पहिलो खेल फेबु्रअरी १८ तारिखमा ओमानसँग खेल्नेछ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : ४७ बजे