७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेकपा एमाले माङ्सेबुङको प्रतिबद्धता पत्र सार्वजनिक ( पुर्ण पाठ )



किरात समाचार : बैशाख ३० गते हुने स्थानीय निर्वाचन २०७९ को लागि माङ्सेबुङ नेकपा एमालले प्रतिद्धता पत्र सार्वजनिक गरेको छ ।

माङसेबुङ गाउपालिकाको लागि अध्यक्ष उम्मेद्धार हेमन्त राई उपाध्यक्ष सुनिता सुब्बा योङहाङ १ नम्बर वडा भुपाल योङहाङ वडा २ कृष्ण बहादुर बस्नेत वडा ३ कुलबहादुर योङहाङ ( कविन्द्र ) वडा ४ नवीन लिम्बु योङहाङ वडा ६ प्रदिप साङ्पाङ राई रहेका छन् ।

प्रतिबद्धता पत्रमा सूचना तथा संचारमा पालिकाभित्र रहेको एफएम रेडियो ,अनलाइन, म्यागेजीन, पत्रपत्रिका लाई ब्यवस्थित र सहकार्य सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सामुदायिक बिधालयमा प्राविधिक शिक्षा र निशुल्क सेनेटरी प्याड वितरण,अति विपन्न, अपांग,गर्भवती महिला ,लगायत लाई नि:शुल्क औसधि, मातृशिशु भत्ता, प्रत्येक वडामा स्वास्थ केन्द्र सुविधायुक्त बर्थिङ सेन्टर स्थापना गर्ने, खानेपानी,सडक ,भाषा ,साहित्य,पहिचान,संस्कृति ,कला संगीत ,पर्यटन ,खेलकुद ,युवा उधमशिलता ,कृषि क्षेत्र , बिपत ब्यवस्थापन,किरात साम्जिक निसाहिम ,किरात विश्वविद्यालय  ,माङ्सेबुङ धार्मिक क्षेत्रमा धर्मशाला निर्माण, रतुवावेसी र खुन्द्रुकामा बालीविकास केन्द्र खोल्ने आदि समेटिएको छ ।

यस्तो छ घोषणा पत्रको ( पुर्ण पाठ )

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ३३ बजे