७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आसामको अप्परलाम्पी मैनाडाँडामा किरात याम्सेफुङ युमा माङ्हिम उद्घाटन



किरात समाचार : भारतको आसाम स्थिती कामरुप जिल्ला अप्परलाम्पी गाउँको मैनाडाँडामा किरात याम्सेफुङ युमा माङहिम उद्घाटन भएको छ ।

माङ्हिमको आयोजनामा गत मे 6 तारिखको दिन माङ्सेवासावा प्रमुख , किरात साम्जिकमुन्धुम सह सम्पादक मन प्रसाद थङलङको र वहाँको धर्मपत्नी छुनुमाया योङहाङ थङलङको हस्तबाहुलिबाट किरात याम्सेफुङ युमा माङहिम उद्घाटन भएको हो ।

यसैगरी मे ७ तारिख ९२ औ किरात समाज सुधार दिवस कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रमका प्रमुख अतिथी अर्जुन क्षेत्री, बिशेष अतिथिहरु किरात धर्म तथा साहित्य उत्थान संघ आसाम प्रान्तका अध्यक्ष खड्गबहादुर मेन्याङ्बो ,रामाहाङमा लगायतको उपस्थित रहेको थियोे । कार्यक्रममा धार्मिक प्रवचन ,अतिथिहरुले शुभकामना मन्तव्य समेत राखेको आयोजक समितिका एक सदस्यले जनाएका छन् ।

कार्यक्रममा आसाम तीनसुकिया,सरलपारा,कोक्राझार लगायतका धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ४३ बजे