७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु


१० माघ २०७८, सोमबार  

0
Shares

काठमाण्डाै – पर्सि १२ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि मौन अवधि सुरु भएको छ ।

चुनावको मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले प्रष्ट पारेको छ ।

आयोगले मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा आचरणहरु पालना गर्न/गराउन सबैसँग अनुरोध गरेको छ ।

राष्ट्रिय सभामा आउँदो फागुन २० गते रिक्त हुने १९ पदका लागि चुनाव हुन लागेको हो।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : ०८ बजे