३० असार २०८२, सोमबार | Tue Jul 15 2025

राष्ट्रिय जनमुक्ति पार्टीले प्यानलनै जितेपछि बिजय उत्सव मनाए



किरात समाचार : स्थानीय निर्वाचन २०७९ को मतगणना माङसेबुङ गाउँपालिकाको वडा ५ को राष्ट्रिय जनमुक्ति पार्टीले  प्यानल नै बिजय भएपछि बिजय उत्सब मनाएका छन ।

गठबन्धनका तर्फबाट गठबन्धनमा राष्ट्रिय जनमुक्ति पार्टीको  प्यानलनै विजयी भएपछि इलामको माङ्सेबुङ ५ स्थित निर्विरोध निर्वाचित वडा सदस्य तिलरुपा सबेन्हाङको निवासमा बिजय उत्सब मनाइएको हो ।

जनमुक्तिका उम्मेद्वार नरेन्द्रकुमार राई ६ सय ९ मतान्तरका साथ विजयी भएका हुन् । अन्य सबै पदहरुमा जनमुक्तिको प्यानल विजयी भएको हो ।

वडा अध्यक्षमा राईले ८ सय ३७ मत ल्याएका थिए । महिला सदस्य

तीलरुपा सबेहाङ (राष्ट्रिय जनमुक्ति पार्टी) : निर्वरोध निर्वाचित, दलित महिला सदस्य, गंगामाया विश्वकर्मा (राष्ट्रिय जनमुक्ति पार्टी) : ८६३ मत (विजयी), सदस्यहरु वीरबहादुर कुरुम्बाङ (राष्ट्रिय जनमुक्ति पार्टी) : ८ सय १२ मत, सुरेन्द्र तुम्बाहाम्फे (राष्ट्रिय जनमुक्ति पार्टी) : ७ सय १७ मत ल्याएका थिए ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : १३ बजे