७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङ – १ मा वडाअध्यक्ष माओवादीका लिम्बु विजयी, सदस्यमा मिश्रित परिणाम



माङ्सेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर १ मा मिश्रित परिणाम आएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र एमाले गठबन्धनबाट माओवादीका भूपाल योङहाङ विजयी भएका छन् ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनबाट कांग्रेसका उम्मेद्वार भक्तराज लिम्बूलाई १ सय ३३ मतान्तरले पराजित गर्दै योङहाङ विजयी भएका हुन् । योङहाङले ‍७ सय ७३ मत पाएका थिए भने उनका प्रतिष्पर्धी लिम्बूले ६ सय ४० मत पात्र पाएका थिए । लिम्बू निवर्तमान वडाअध्यक्ष हुन् ।

सदस्यहरुमा गठबन्धनका मिश्रित परिणाम आएको छ । महिला सदस्यमा महिला सदस्यमा एमालेकी डिकमाया लुहागुन ७ सय १३ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिष्पर्धी कांग्रेसकी कृष्णमाया कार्कीले ४ सय ४८ मत पात्र पाएकी थिइन् ।
दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगराती ७ सय ६ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिष्पर्धी कांग्रेसकी टीका लुहागुनले ६ सय ४८ मत पात्र पाएकी थिइन् ।
सदस्यमा भने कांग्रेस र जसपाका विजयी भएका छन् ।
कांग्रेसका ठगबहादुर श्रेष्ठ ६ सय ९० र जनता समाजवादी पार्टीका मिनप्रसाद लिम्बू ‘रोचक’ ६ सय ८५ मतका साथ विजयी भए । उनीहरुका प्रतिष्पर्धी एमालेका प्रेमबहादुर पुलामीले ६ सय ५३ र एमालेका भुपाल श्रेष्ठ एमाले ६ सय २२ मत पात्र पाए ।
देशैभर र गाउँपालिकामा समेत ५ दलीय गठबन्धनमा रहेको माओवादी सो वडामा भने एमालेसँग मिलेर निर्वाचनमा सहभागी भएको थियो ।

गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ८ मतान्तरमा अग्रता लिएका छन् । इदिङ्गोले ६ सय ८७ मत पाउँदा एमालेका हेमन्त राईले ६ सय ७९ मत पाएका थिए । त्यस्तै उपाध्यक्षमा एमालेकी सुनिता सुब्बाले ६ सय ६० मतका साथ अग्रता लिइन् । प्रतिष्पर्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका विनोद नेम्बाङले ६ सय ३० मत पाए ।
सो वडामा २ हजार २ सय ५९ मतदाता रहेकोमा १ हजार ५ सय २४ मत मात्र खसेको थियो ।

मतपरिणाम हेर्नुहोस्
अध्यक्ष
हेमन्त राई (नेकपा एमाले): ६७९ मत
डिकेन्द्र इदिङ्गो (नेपाली कांग्रेस) : ६८७ मत
उपाध्यक्ष
सुनिता सुब्बा (नेकपा एमाले) : ६६० मत
विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : ६३० मत
वडा अध्यक्ष
भूपाल लिम्बू (नेकपा माओवादी केन्द्र) : ७७३ मत (विजयी)
भक्तराज लिम्बू (नेपाली कांग्रेस) : ६४० मत
महिला सदस्य
डिकमाया लुहागुन (नेकपा एमाले) : ७१३ मत (विजयी)
कृष्णमाया कार्की (नेपाली कांग्रेस) :
दलित महिला सदस्य
सिर्जना मगराती (माओवादी केन्द्र) : ७०६ मत (विजयी)
टीका लुहागुन (नेपाली कांग्रेस) : ६४८ मत
सदस्य
प्रेमबहादुर पुलामी (नेकपा एमाले) : ६५३ मत
भुपाल श्रेष्ठ (नेकपा एमाले) : ६२२ मत
ठगबहादुर श्रेष्ठ (नेपाली कांग्रेस) : ६९० मत (विजयी)
मिनप्रसाद लिम्बू ‘रोचक’ (जनता समाजवादी पार्टी) : ६८५ मत (विजयी)

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : २१ बजे