७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङमा नेकपा एमाले अगाडि



माङसेबुङ : स्थानीय तह  निर्वाचन २०७९ को  माङ्सेबुङ गाउपालिकाको मतगणनामा पहिलोपटक नेकपा एमालेले अग्रता लिएको छ । पालिकामा ८ हजार ३ सय ७ मत खसेकोमा  निरन्तर अग्रता लिएको गठबन्धनका तर्फबाट कांग्रेसका इदिङ्गो अहिले ७ मतले पछि परेको हो ।

५ हजार ८ सय ११ मतगणना हुँदा नेकपा एमालेका हेमन्त राईले २ हजार ५ सय ७१ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिष्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका डिकेन्द्र इदिङ्गोले २ हजार ५ सय ६४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेद्वार विनोद नेम्बाङले भने ३ सय ७२ मतान्तरका साथ अग्रता कायम राखेका छन् । नेम्बाङले २ हजार ५ सय ७५ मत पाउँदा उनका प्रतिष्पर्धी एमालेकी उम्मेद्वार सुनिता सुब्बाले २ हजार २ सय ३ मतका साथ पच्छाइरहेका छन् । माङसेबुङमा १२ हजार ५ सय ६८ मतदातामध्ये ८ हजार ३ सय ७ मत खसेको थियो ।

अस्ती रातिदेखि सुरु भएको मतगणना हालसम्म वडा नम्बर १, ४, ५ र ६ को सम्पन्न भइसकेको छ । जसमा १ मा नेकपा माओवादी केन्द्र, ४ र ६ मा नेकपा एमाले र ५ मा राष्ट्रिय जनमुक्ति विजयी भईसकेको छ । अहिले वडा नम्बर २ र ३ को मतगणना जारी छ ।
अघिल्लो निर्वाचनमा समेत हालका उम्मेद्वारहरु नै एकआपसमा प्रतिष्पर्धी थिए । तर कांग्रेसका इदिङ्गो र एमालेकी सुब्बा विजयी भएकी थिइन् । माङसेबुङमा गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको गठबन्धन बनेको थियो भने वडा नम्बर १ मा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन थियो

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ३८ बजे