७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दमक नगरपालिका मेयरमा राप्रपाका राम थापा र उपमेयरमा कांग्रेसका रेगिना भट्टराई बिजयी



दमक : स्थानिय तह निर्वाचन २०७९ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराए । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिए ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ३५ बजे