७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काठमाडौ महानगरमा बालेन शाहको अग्रता कायमै



काठमाडौं :  काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै रहेको छ । उनको अग्रता  रहँदा केशव स्थापित भने पछि परेका छन् । हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ ।

पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ । जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३७ हजार ६१ मत प्राप्त गरेका छन् ।
त्यसपछि नेपाली कांग्रेसकी सिर्जना सिंहले २० हजार ५२० मत ल्याउँदै दास्रो स्थानमा छन् । एमालेको प्रमुखका उम्मेदवार २० हजार ३१६ मत ल्याएका छन् । केशव स्थापितका हालको पोजिसन सिर्जनाभन्दा २०४ मतले पछि र बालेनभन्दा १६ हजार ५४१ मतले पछि हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : ११ बजे