७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

६५ बर्षमै बृद्धभत्ता दिने तयारी



काठमाडौ : नेपाल सरकार तथा प्रधानमन्त्री देउवाले सामाजिक सुरक्षाभत्तालाई  निरन्तरता दिन लागेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले ६५ बर्षमै बृद्धभत्ता दिने तयारी गरेको हो ।

नेपालको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको हो। अहिले ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँछन्।

सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले मुलुकभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या करिब साढे ३४ लाख छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ३ : ३४ बजे