६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पत्रकार मञ्चको अध्यक्षमा कमन देवान निर्वाचित



 

दमक :  पत्रकार मञ्च दमकको आठौं अधिवेशन तथा १२ औं साधारण सभावाट अध्यक्षमा कमन देवान याक्खा सर्वसम्मत चयन भएका छन् ।

दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा पत्रकार मञ्च दमकको सभाहलमा सम्पन्न अधिवेशनबाट देवानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका छन् ।

 

मञ्चको उपाध्यक्षमा गिता ढुङ्गाना, सचिवमा उमानाथ भण्डारी, सहसचिवमा धनबहादुर थेवे र कोषाध्यक्षमा जीवन चुडाल निर्वाचित भएका छन् । यसैगरि नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा दिलिप घिमिरे, डिल्लीराम मुसाहाङ, सविना राई, गंगामाया बेघा, टिकाराम विश्वकर्मा र सुमित्रा गुरागाई चयन भएका छन् ।

यस्तै लेखा समिति संयोजकमा सान नेपाल, सदस्यमा लक्ष्मी अधिकारी र संसेमी माङयुङ चयान भएका छन् । अनुशासन समितिको संयोजकमा गोपाल झापाली, सदस्यमा छविलाल दवाडी र सेसेमी से.नाल्बो निर्वाचित भएका छन् ।

 

पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देशराज नेम्बाङले गरेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १२ : ३३ बजे