७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नालीफूङ्वा पान्जुम्भो पान्थरका सचिव महेन्द्र नेम्बाङको निधन



किरात समाचार : किरात साम्यो नालिफुङ्वा थुम पान्थरका सचिव महेन्द्र नेम्बाङको निधन भएको छ । उपचारको क्रममा सोमबार नेम्बाङको निधन भएको हो । पान्थरको फिदिम नगरपालिका वडा नं.७ साबिक रानिटारमा स्थायी बसोबास गर्दै आएका नेम्बाङको टाउको सम्बन्धि रोगले निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

नेम्बाङ किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली साझा संगठन किरात साम्यो नालिफुङवा पान्जम्भो पान्थर जिल्ला (थुम) समितीका सचिव समेत हुन् । नेम्बाङले समाजिक,धार्मिक संघसंस्थामा रहेर पछिल्लो समय पान्थरमा सक्रियरूपमा काम गर्दै आइरहेका थिए ।

नेम्बाङ पढाइमा अब्बल थिए । स्नातकोत्तर उतिर्ण गरेका महेन्द्र घरका जेठा छोरा हुन् । किरात धर्म ,भाषा ,लिपि ,सस्कृती भनेपछि दिलो ज्यान दिने सम्भावना बोकेका एक होनहार युवा  नेम्बाङको ३४ बर्षको अल्पायु उमेरमा भएको निधनले अपुरणिय क्षती पुगेको छ । आज मंगलबार  उनको अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १ : १० बजे