किरात समाचार : माङ्सेबुङ गाउपालिका वडा -५ फेनाबुङको फिपलाल लाओतिको घरको छेउमा पहिरो गएको छ । गएराती बुधबार परेको अविरल वर्षाले पहिरो गएकोले लाओतिको घर उच्च जोखिममा परेको हो।
वर्षा सुरु भएसंगै गएराती बुधबार रातको ११ बजेतिर पहिरो खसेको पदमरानी चेम्जोङ लाओतिले बताए । पहिरोले कुनै मानवीय क्षती भने भएन । तर घरछेउमै रहेको पानी राख्ने १ हजार लिटरको ड्रम सहित भाडाकुडाहरु पहिरोले बगाएको छोरा फिपलाल लाओतिले जानकारी दिए । त्यस घरमा फिपलालका परिवार मध्ये आमा र बुवा त्यही घरैमा बस्दै आईरहेका थिए ।
घरको आगन छेउबाट सुरु भएको पहिरोले फिपलालको घर पहिरोको डिल नजिक पुगेको छ। पहिरोले त्यस वरिपरि रहेको ३ घर उच्च जोखिममा परेको छ । त्यसतर्फ स्थानीय सरकारको ध्यान कहिले जाला ? बर्षायाम सुरु भएसंगै पहिरोको उच्च जोखिमबाट बच्नको लागि सुरक्षित स्थानमा सर्नुपर्ने देखिन्छ ।