२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

क्यान्सर पिडित भुमिका योङहाङलाई ६७ हजार सहयोग हस्तान्तरण



किरात समाचार : इलामको माङ्सेबुङ ५ निवासी क्यान्सर पीडित भुमिका लिम्बुको उपचार्थ संकलित आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज शनिबार बिरामिको निवासमा पुगेर किरात समाचार टिमले बाकी ६७ हजार रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो ।

क्यान्सर पीडित भुमिकाको उपचारको लागि सञ्चारकर्मी सुमन लाओतिको पहलमा अमेरिका, दक्षिण कोरिया,अस्ट्रेलिया ,दुबइ, नेपाल लगायत सहयोगी अभियान्ताहरुको सहयोगमा स्वदेश तथा बिदेशबाट जम्मा संकलित आर्थिक सहयोग रकम रु १ लाख ३७ हजार २ सय ९९ रुपैयाँ संकलन भएको छ । यसैगरी कोरियाबाट संकलित बिरामिको लागि आर्थिक सहयोग रु ७० हजार रुपैयाँ सहयोग रकम मणि लाबुङको नाममा पठाइसकेको छत्र सावदेनले जानकारी दिए । बाकी ६७ हजार रुपैयाँ संकलित आर्थिक सहयोग सञ्चारकर्मी सुमन लाओतिले आज बिरामिका श्रीमान मणि लाबुङलाई प्रदान गरेको छ ।

यसैगरी बिरामि भुमिकाको उपचारको लागि अभियान्ता आयुष विक्रम तुम्बापोको सक्रियता पहलमा आर्थिक सहयोग रु ३९ हजार ७ सय ४५ रुपैयाँ र खाद्यान्न प्राप्त भएको मणि लाबुङले जानकारी दिए ।

फक्ताङलुङ ४ ताप्लेजुङ साबिक इखाबु निवासी आनन्द बहादुर लाबुङ र आमा प्रेमकुमारी लिङ्देनको बुहारी हुन् भुमिका । बि:स ०५९ सालदेखी स-परिवार इलामको माङ्सेबुङ -५ सेनेलामा बस्दै आइरहेको छ । ३३ वर्षीय भुमिका लिम्बुको उपचारका लागि उनका श्रीमान मणि लाबुङले सहयोगको हात फैलाएका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : ४३ बजे