२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

नेपाल लाईभस्टक र माङ्सेबुङ सहकारीको साझेदारीमा कृषकलाई चापकटर मेसिन वितरण



किरात समाचार : इलामको माङ्सेबुङ-५ मा रहेको माङ्सेबुङ कृषि बहुउद्देश्यीय सहकारी सस्थाले २० जना कृषकहरुलाई चापकटर मेसिन वितरण गरेको छ । मंगलबार सहकारी संस्थाको कार्यालयमा मेसिन बितरण गरिएको हो ।

माङ्सेबुङ कृषि सहकारी संस्थाको उप- आयोजनामा नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग इकाई विराटनगरको साझेदारी लगानीमा सहकारी संस्थामा आबद्ध कृषक सेयर सदस्यहरुलाई रु ३ लाख ३२ हजार रुपैयाँ बराबरको चापकटर (Grass cutter) मेसिन कृषकहरुलाई बितरण गरिएको सहकारीका ब्यवस्थापक चनबहादुर सेर्मा लिम्बुले जानकारी दिए।


कार्यक्रममा संस्थाका पदाधिकारी लगायत सदस्यहरुको उपस्थितिमा आयोजनाको संयोजक राजेन्द्र बिक्रम खजुमको हस्तबाहुलिबाट मेसिन हस्तान्तरण गरेका थिए ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ४६ बजे