७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङको सरस्वती माबिमा लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न



किरात समाचार : इलामको माङ्सेबुङ-५ मा किरात लिम्बू भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । आज बिहिवार कक्षा १२ को परीक्षा सरस्वती मा.बि. मा सम्पन्न भएको हो ।

किरात लिम्बू भाषा कक्षा १२ को परिक्षा आज श्री सरस्वती माध्यमिक बिधालयमा सफलतापुर्वक सम्पन्न भएको छ। परीक्षामा झापा ,इलाम ,धनकुटा ,सुनसरी ,पान्थर ,मोरङ लगायतका ३० जना परीक्षार्थीहरु सहभागी भएका थिए ।


पुर्वको ताप्लेजुङ ,पान्थर,इलाम तीन जिल्लाहरुमा लिम्बू भाषाको परीक्षा हुदैछ । यसैगरी पाँन्थरको पृथ्वी माबी,यासोक खलंगाटार माबी याङनाम,सत्येहाङमा माबी ,इम्बुङ ताप्लेजुङको सेवा माबी फक्ताङलुङ गाउपालिका र इलामको सरस्वती माबी माङ्सेबुङ लगायत परिक्षा केन्द्रमा परीक्षा भएको भाषा शिक्षक दिलबिर शेर्माले बताएका छन् ।

लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ परीक्षा तालिका अनुसार आज कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । यसैगरी भोलि कक्षा ११ को परीक्षा हुने जनाइएको छ ।

 

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : ४० बजे