७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किरात लिम्बू भाषा कक्षा ११ को परीक्षा सम्पन्न



किरात समाचार : इलामको माङ्सेबुङ-५ मा रहेको श्री सरस्वती माबिमा किरात लिम्बू भाषा कक्षा ११ को परीक्षा सम्पन्न भएको छ।

आज शुक्रबार कक्षा ११ को परीक्षा सरस्वती माध्यमिक बिधालयमा सफलतापुर्वक सम्पन्न भएको हो । परीक्षामा झापा,इलाम ,धनकुटा ,सुनसरी ,पान्थर ,मोरङ लगायतका ५५ जना परीक्षार्थीहरुले सहभागी जनाएको भाषा शिक्षक दिलबिर सेर्माले बताएका छन् ।


पुर्वमा पाँन्थरको पृथ्वी माबी,यासोक खलंगाटार मा.बि याङनाम,सत्येहाङमा मा.बि,इम्बुङ ताप्लेजुङको सेवा मा.बि फक्ताङलुङ गाउपालिका र इलामको सरस्वती मा.बि माङ्सेबुङ लगायत केन्द्रमा परीक्षा सम्पन्न भएको छ ।

लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको परीक्षा तालिका अनुसार आज कक्षा ११ को लिम्बू भाषा र साहित्य बिषयको परीक्षा सम्पन्न भएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : ४० बजे