७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु



माङ्सेबुङ : इलामको माङसेबुङ -२, दहगाउँमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ पाङतुवाका ६५ वर्षीय हिमाल प्रसाद लावती, उनका श्रीमती ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय प्रकाश राई रहेको प्रहरीले जनाएको छ ।

आइतबार विहान १०ः३० बजे पाँचथरको मिक्लाजुङ ५, पाङतुवाबाट झापाको दमकतर्प झर्दै गरेको मे १ ज ४८७ नं. को बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल झरेको थियो ।

दुर्घटनामा परी हिमाल प्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ३ : ०३ बजे