५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

हिमालयन हाइड्रोपावरको आइपियो निष्कासन



काठमाडौं : हिमालयन हाइड्रोपावर लिमिटेडले बुधबारदेखि आईपीओ  निष्काशन तथा बिक्री खुला गरेको छ।

हिमालय कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको हो। जसमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १८ लाख ३० हजार ४७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले असार १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता  पनि सर्वसाधारणलाई निष्काशन गर्न लागेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई वैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ९ : ३७ बजे