किरात समाचार : धरान उपमहानगरका मेयर हर्क साम्पाङ्ले ‘सेभ घोपा क्याम्प’ आन्दोलनमा आफ्नो नैतिक समर्थन नरहने घोषणा गरेका छन् ।
मेयर हर्क साम्पाङले आइतबार उनको हर्क साम्पाङ ए रिभोलुशन पेजमा सेभ घोपा भन्ने आन्दोलन प्रति मेरो नैतिक समर्थन थियो ! अब रहन्न भन्दै साम्पाङले पछि हटेको उद्घोष गरेका छन ।
केहिदिन अगाडि हामी नेपाली नामक समुहले थालेको ‘सेभ घोपा क्याम्प’ आन्दोलन गरिरहेका आन्दोलनरत पक्ष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीबीच सफल वार्ता गराएका थिए ।
उनले समाजिक संजालमा यस्तो लेखेका छन्
Save Ghopa भन्ने आन्दोलन प्रति मेरो नैतिक समर्थन थियो ! अब रहन्न ! यो आन्दोलनले गर्दा अस्पताल सुधार होइन सर्ने खतरा देखिन्छ ! Safe Landing को लागि वार्ता गराएँ ! It’s Out of Track !