ज्योतिषिशास्त्र अनुसार प्रत्येक ग्रहहरुको छुट्टाछुट्टै रत्न धातु रहेको छ । यदि कुनै ग्रह कमजोर छ भने त्यसलाई बलियो बनाउनका लागि रत्न धातु धारण गर्ने परम्परा रहेको छ । रत्न धारण गर्दा आफ्नो कुण्डली अनुसार रत्न धारण गर्दा त्यसले अझ राम्रो फल दिन सक्छ ।
कुन राशिले कुन रत्न लगाउने
राशि रत्न
मेष राशि मुगा ।
वृष राशि हीरा ।
मिथुन राशि पन्ना ।
कर्कट राशि मोति ।
सिह राशि माणिक्य ।
कन्या राशि पन्ना ।
तुला राशि हीरा ।
वृश्चिक राशि मुुगा ।
धनु राशि पुष्पराज ।
मकर राशि नीलम ।
कुम्भ राशि नीलम ।
मीन राशि पुष्पराज
माणिक्य :
माणिक्य सूर्यको रत्न हो । सूर्य ग्रह कमजोर छ भने त्यसलाई बलवान बनाउनको लागि वा सूर्य ग्रहको कुप्रभाव बाट बच्नको लागि माणिक्य धारण गरिन्छ । माणिक्यलाई तामा अथवा तामासँग पहिरिनु शुभ रहेको छ ।
मोती :
चन्द्रमालाई सकारात्मक प्रभाव पार्नका लागि भने मोती पहिरिनु उचित हुन्छ । जो व्यक्तिमा मानसिक उत्तेजना र तनाव धेरै हुन्छ, त्यस्तो मान्छेले मोती धारण गर्नु उचित हुन्छ । यो रत्नलाई चाँदीमा पहिरिनु उचित हुन्छ ।
मुगा :
मंगल ग्रहको शुभ प्रभावको लागि मुगा रत्न धारण गरिन्छ । यसलाई राजनीतिज्ञ, सेना, प्रहरी तथा अस्पताल र घर निर्माणमा काम गर्ने व्यक्तिहरूले समेत लगाउन सल्लाह दिइन्छ । मुंगालाई तामा या सुनसँगै पहिरिनु उचित हुन्छ । पन्ना :
बुध ग्रहका लागि पन्ना रत्न लगाईन्छ । विद्यार्थी तथा अध्ययन–अध्यापनमा लागेकाहरूका लागि पन्नाको प्रयोग अत्यन्त लाभकारी मानिन्छ । पन्ना रत्नलाई चाँदीमा लगाउनु उचित हुन्छ ।
पुष्पराज :
बृहस्पति ग्रहको लागि पुष्पराज रत्न धारण गरिन्छ । आध्यात्मिक, शैक्षिक, बौद्धिक प्रगतिको लागि यो रत्न धारण गरिन्छ । यसलाई सुनको अष्टधातुमा पहिरिनु उचित मानिन्छ ।
हीरा :
शुक्र ग्रहका लागि हीरा पहिरिने गरिन्छ । यसबाट शुक्रको गलत प्रभाव रोक्न मद्दत मिल्ने बताइन्छ । विवाह र प्रेम सम्बन्ध अनुकूल बनाउनका लागि पनि हीरा लाभकारी छ । यसलाई चाँदी अथवा प्लेटिनमसँग लगाउन सकिन्छ ।
नीलम :
यो शनिको रत्न हो । फलाम सम्बन्धी व्यवसाय वा काममा उन्नती, न्याय सम्बन्धी काममा सफलता, झुट्टा आरोपहरुबाट बच्न र साढेसाती आदि शनि ग्रहको प्रकोपबाट बच्नको लागि शनि ग्रहको रत्न नीलम धारण गरिन्छ । नीलमलाई सुनमा प्रयोग गर्नु उचित हुन्छ ।
गोमेद :
व्यक्तिको जीवनमा रहेको राहुको नराम्रो प्रभाव कम गर्न गोमेद धारण गरिन्छ । मानसिक उथलपुथल, गलत निर्णय तथा विना कारण भइरहेको नोक्सानी रोक्न, व्यक्तिको जीवनमा प्रेम, समृद्धि तथा खुशियाली ल्याउनका लागि गोमेद धारण गर्नु राम्रो मानिन्छ । गोमेदलाई चाँदीमा राखेर लगाउनु उचित हुन्छ ।
लहसुनिया :
केतुको शान्तिका लागी यो पहिरनु आवश्यक मानिन्छ । यदी केतु ग्रहको प्रभाव नराम्रो छ भने त्यसलाई कम गर्न लहसुनिया धारण गरिन्छ । यो रत्नलाई चाँदीमा राखेर प्रयोग गर्नु उचित हुन्छ ।