२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

नेपालमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपालमा कोरोना संक्रमितहरुको संख्या पछिल्लो समय  फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा नेपालभर थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार २५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१० जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ५४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २४ जना र २ हजार ४८४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ५९४ पुगेको छ ।

त्यस्तौ २४ घण्टामा कोरोना संक्रमणका कारण २ एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६२ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १२ : ५४ बजे