७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पवित्रहाङमा कपमा, केराबारी सेमिफाईनलमा प्रबेश



किरात समाचार । पवित्रहाङमा कप अन्तर्गत आज भएको दोश्रो चरणको खेलमा केराबारी गाउँपालिका खेलकुद समिति २-३ गोल अन्तरले सेमिफाइनलमा प्रबेश गरेको छ ।

राष्ट्रिय खेलाडी सदिपा व्लोन तामाङले खेलको ३ मिनेटमा पहिलो गोल गरेपछि केराबारी गाउँपालिका खेलकुद समितिले खाता खोलेका थिए । त्यसको जवाफमा पञ्चकन्याका अस्मिता चौधरीको फ्रिकिकको अवसरलाई २३ औ मिनेटमा बराबारी बनाइदिएपछि खेल तातिएको थियो ।
मध्यान्तरपछिको खेल स्टा्रइकर व्लोन तामाङले ६८ औं मिनेटमा गरेको प्रहार पुनः गोलमा परिणत हुदै टिमलाई अग्रता दिलाए । पञ्चकन्या निरन्तर दवाबमै रहेको थियो ।

निर्माणाधिन आत्मानन्द खेल मैदानमा विगतका वर्षहरुमा अनुभव बटुलेका केराबारीका खेलाडीहरुलाई अर्को अंक थप्न पछि परेनन् ७० औं मिनेटमा कामना राईले अर्को गोल गरेको थियो ।

यता पञ्चकन्या उदयपुरले गोलगर्ने केही अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेने । थप इनजुरी समयमा पञ्चकन्याका सिवाङगी स्नेहाले गोल गरेपनि अन्तत बाहिरिनु परेको थियो ।

खेलको वुमन अफ दी म्याच पञ्चकनया एफ सी उदयपुरका अस्मिता चौधरी घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

यसरीनै पबित्रहाङमा कप १२ औं संस्करण अनतर्गत आइतबार (भोली) जनता सेभेन स्र्पोटिङ क्लब सुनपा इलाम र माङसेबुङ गाउँपालिकाविच प्रतिष्पर्धा हुदैछ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : ३६ बजे