६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

विराटनगरमा सामुहिक गाईजात्रा मनाइयो | kiratsamachar



विराटनगर :  विराटनगरमा पनि गाइजात्रा भव्यताका साथ मनाइएको छ ।

विशेष गरि नेवार समुदायमा वर्ष दिन भित्र देहावसान भएका आफन्तहरुको सम्झनामा सामुहिक गाईजात्रा पर्व मनाइएको छ । वर्ष दिनभित्र देहावसान भएका २७ जनाको गाईजात्रा निकालिएको हो ।

झी पुचः विराटनगरले आयोजना गरेको सो गाईजात्रामा कुमारी कन्या, लाखे नाच र झाँकी सहितको विभिन्न आकृतिमा सजिएका बालबालिका देखि युवाहरुको समुहले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ५९ बजे