७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पवित्रहाङमा कप: माङसेबुङ गाउपालिका फाइनल प्रवेश



किरात समाचारः पवित्रहाङमा कप अन्तर्गत आज भएको खेलमा माङसेबुङ गाउपालिका खेलकुद समिति फाइनल प्रबेश गरेको छ ।
जनता सेभेन स्र्पोटिङ क्लब सुनपा इलामका प्रिया बस्नेतको हेनबललाई सदुपयोग गर्दै माङसेबुङका लोरेक्स राईको पेनल्टी प्रहारले खाता खोले ।

निरनतर सुनपा इलामले धेरै अवसरप्राप्त गरेपनि गोलभने गर्न सकेन अन्ततः माङसेबुङका लोरेक्स राईले टिमका लागि बचाएको गोल आत्माघाती हुनपुग्यो खेल बराबरी भएको थियो ।

मध्यान्तरपछिको खेल पनि बराबरीमा रह्यो दुबै टिमको कुनैपनि अंक थप्न सकेन । समय सकेपछि पुनः १० मिनेट समयको खेल भएपनि बराबरी रहेपछि टा«इबेकरमा माङसेबुङ फाइनलमा प्रबेश गरेको हो ।

खेलको वुमन अफ दी म्याच माङसेबुङ गाउपालिका खेलकुद समितिका गोलकिपर स्वस्तिका राई घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

यसरीनै पबित्रहाङमा कप १२ औं संस्करण अनतर्गत सोमबार (भोली) फाइनल यात्राका लागि एपि एफ सी माङसेबुङ र केराबारी गाउपालिका खेलकुद समिति प्रतिष्पर्धा हुदैछ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : ३० बजे