६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

समाचारको विषयमा पत्रकारमाथि फाक्फोकथुमका पूर्व उपाध्यक्ष राई खनिए



इलाम : समाचारको विषयलाई लिएर फाकफोकथुम गाउँपालिका पूर्व उपाध्यक्ष सरस्वती राई (सरु)ले पत्रकार माथि गाली गरेकी छिन । समाचारमा चित्त नबुझे कानुनी प्रक्रियाको बाटो हुँदा हुँदै सामाजिक सञ्जालमा गाली गरेकी हुन ।

पत्रकार भगीरथ भण्डारीले फोकफोकथुम गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी बिच सम्बन्ध सुदृढ भन्दै लेखेको समाचार बुधवार प्रकाशन भएको थियो ।

समाचारमा प्रतिक्रिया दिदै राईले कति पैसामा बिक्यौ भन्दै चाकडी बाजको पनि हद हुन्छ, पत्रकारले आफ्नो इमान र कर्तव्य बन्धक राखेर वाहियात कुरालाई अतिरञ्जित गर्ने पत्रकारहरूले हो भन्दै गाली गरेकी छिन ।

उनले यति लेखेबापत पारिश्रमिक त राम्रै हात पर्यो होला होइन भन्दै पैसा लिएर समाचार लेखेको आरोप लगाएकी छिन । उनले पत्रकार ले नै समाजमा भ्रम फैलाएको समेत आरोप लगाएकी छिन । असार मसान्तपछि सधैँ हाकिम सरुवा हुन्थे यस पटक सरुवा हुनुपर्ने अवस्थामा छैनन् भन्ने समाचार लेखेको भन्दा राईले त्यो त सबैले देखिरहेका छन समाचार नै लेखिरहनु पर्छ र भन्ने जवाफ दिएकी छिन ।

समाचारको विषयमा गुनासो भए बसेर छलफल गर्नुका साथै चित्त नबुझे कानुनी बाटो बाट अघि बढ्न सकिने सम्मको व्यवस्था हुँदा हुँदै सामाजिक सञ्जालमा गाली गर्न नहुने नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई बताउँछन् । उनी भन्छन् ‘फाकफोकथुम गाउँपालिका पूर्व उपाध्यक्षले पटक पटक पत्रकारलाई गाली गरेर हर्कत देखाएको हो ।’ सामाजिक सञ्जालमा हर्कत देखाउनु भन्दा समाचारको विषयमा बसेर छलफल गर्नु चित्त नबुझे कानुनी प्रक्रियामा लाग्नु भन्दै पत्रकारमाथि गाली गर्नु निन्दनीय रहेको अध्यक्षको भनाई छ ।

पूर्व उपाध्यक्ष राईले केहि महिना अघि बेमौसमी कामदार कोरिया पठाउने विषयमा सर्वसाधारणलाई कुटेको समाचार बनाउँदा पनि पत्रकारलाई तथानाम गाली गरेकी थिइन । महासंघले त्यस वेला विज्ञप्ति नै निकाल्नु परेको थियो ।

समाचारमा जनप्रतिनिधिले गर्ने व्यवहारका कारण पाँच वर्ष सम्म कर्मचारी जान नमान्नुका साथै गएका कर्मचारी पनि काम गर्न भन्दा सरुवा गर्ने तिर लाग्दथे भन्ने समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ४ : ५० बजे