६ असार २०८३, शनिबार | Sat Jun 20 2026

प्रदेश नामकरण गर्न इलाममा शान्तिपूर्ण नैतिक दबाब समिति गठन सम्पन्न



माङ्सेबुङ: बहुपहिचानको आधारमा प्रदेश १ को नाम “किरात सगरमाथा “राख्न माग राख्दै  शान्तिपूर्ण नैतिक दबाब उपसमिति इलाम जिल्ला गठन गरेको छ।

शनिबार माङ्सेबुङ ५ स्थित रहेको श्री सरस्वति माबिको प्राङ्गणमा  किरात धर्म तथा साहित्य उत्थान संघ इलाम जिल्ला अध्यक्ष राम येक्तेनको अध्यक्षतामा बसेको बृहत बैठकमा सम्पूर्ण किराँत धार्मिक संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी,समाजसेवि समेतको उपस्थितिमा गठन भएको छ।

संगठनका निर्माण गर्ने क्रममा राम येक्तेनको संयोजकत्वमा शान्तिपूर्ण नैतिक दबाब समिती इलाम गठन भएको छ।समितीको सह- संयोजक कमल योङ्हाङ,शुर्य कुमार राई,सरु हाङ्ममा इधिङ्गो समितिको सचिबमा,बुद्ध लिङ्खिम सह-सचिबमा चन्द्र माया केरुङ आर्थिक संयोजक राम येक्तेन सह आर्थिक -संयोजकमा वीर बहादुर माबोहाङ,बुद्धिमान थेबे रहेको छ । यसैगरी सदस्यहरु ४५ जना रहेको दबाब समितिका सचिव पृतिमान खालिङ्ले जानकारी दिए।

पहिचान सहितको प्रदेश न:१ लाई “किरात सगरमाथा “नामाङ्कन गर्न गराउनलाई शान्तिपूर्ण नैतिक दबाब समितीले दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने विभिन्न जिल्लामा संगठन निर्माण गर्ने कार्य भइरहेको समिती संयोजक डकेन्द्र थेगिमले बताए।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ३ : १८ बजे