९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

पहिचानको आधारमा किरात लिम्बुवान प्रदेशको पक्षमा छु – मुख्यमन्त्री राई



बिर्तामोड – प्रदेश १का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण पहिचानको आधारमा किरात लिम्बुवान प्रदेशको पक्षमा रहेको बताएका छन् ।

शनिबार झापाको बिर्तामोडमा आयोजना भएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको सातौँ जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर १ को नामकरण पहिचानबिना स्वीकार्य नहुने बताएका हुन् ।

‘प्रदेश नामकरणको विषय सांसदले पास गर्नुपर्छ, उनले भने प्रदेश सरकारले निर्णय गर्न पाउने भए उहिले नै पहिचानसहितको नामकरण  गरिसक्थे, ।’ पहिचानसहितको प्रदेश नामकरण पारित गराउन नसकेको मुख्यमन्त्री राईले स्वीकार गरे।

उनले मातृभाषाको पठनपाठनमा राज्यले राज्यले विभेद गरि मृत भइसकेको संस्कृत भाषाका लागि करोडौंको बजेट खेर फालिरहेको समेत आरोप लगाए।

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ४ : ५३ बजे