६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नेपालमा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि, तीनजनाको मृत्युु



काठमाडौं –  नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८६९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ३४ जना र १ हजार २७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४३३ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ८९१ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।                                                      त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण तीनको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ५ पुगेका छन् ।२४ घन्टामा नेपालमा थप ३ सय ९८ जना संक्रमितहरु निको भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ११ : २२ बजे